एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कम्पनीले सेयरधनीहरूलाई १:१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।