८० प्रतिशत हकप्रद निष्काशन गर्दै सिटी होटल, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । हकप्रद निष्काशन गर्ने प्रयोजनका लागि सिटी होटलले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बिक्री प्रबन्धकमा होटलले प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
होटलले ८० प्रतिशत हकप्रद निष्काशनको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०८० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको थियो ।