बुटवल पावरको एफपीओ रद्द, हकप्रद सेयर जारी गर्ने « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

बुटवल पावरको एफपीओ रद्द, हकप्रद सेयर जारी गर्ने



काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने कम्पनीले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्