पिपुल्स पावरलाई हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।
कम्पनीलाई १:०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न बाटो खुलेको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।