एशियन लाइफको हकप्रद सेयर असार २५ गतेदेखि निष्कासन हुने « Arthapath.com
८ असार २०८२, आईतबार

एशियन लाइफको हकप्रद सेयर असार २५ गतेदेखि निष्कासन हुने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४२ प्रतिशत हकप्रद सेयर आगामी असार २५ गतेदेखि निष्कासन हुने भएको छ ।

कम्पनीले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ १६ गते बुक क्लोज गरेको थियो । अब त्यसकै आधारमा जेठ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । आवेदन भने आगामी साउन १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्