हकप्रद सेयर ल्याउँदै मोदी इनर्जी, पारित गर्न डाक्यो विशेष साधारण सभा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनी असार १९ गते विशेष साधारण सभा बोलाएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । सोही प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको छ । सभा रानी महल ब्याङन्क्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
