असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै पिपुल्स पावर
काठमाडाैं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, हालका १० कित्ता शेयर बराबर ५ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरिनेछ।
कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिनेछ।
हकप्रद शेयरको लागि असार २ गते बुक क्लोज गरिएको थियो। तसर्थ, असार १ गतेसम्म नेप्सेमा शेयर खरीद गरी कायम शेयरधनीहरुले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाललेकम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।


















