साम्बो टोली भारत प्रस्तान « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

साम्बो टोली भारत प्रस्तान



नुवाकोट । भारतको नयाँ दिल्लीमा मंगलबारबाट शुरु हुने एसियन साम्बो प्रतियोगितामा भाग लिने नेपाली टोली त्यसतर्फ लागेको छ । 
आगामी १० देखि १६ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५५ केजीमा प्रविण गुरुङ,६० केजीमा आशिष तामाङ,६५ केजीमा विनु छन्त्याल,६८ केजीमा सुदिप थापा,कृष्णलाल तामाङ र रबिन्स तामाङ रहेका छन । यस्तै ६४ केजीमा दिनेश मर्हजन, ८२ केजीमा प्रदिप पाण्डे,९० केजिमा सुदिप आचार्य र सुदन लामा र १०० केजी समुहका सृजेश श्रेष्ठ रहेका छन । त्यस्तै महिलातर्फ ४४ केजी तौल समुहमा मिरा पौडेल,५२ केजीमा भगवति माझी, ५६ केजीमा सम्बारानी मर्हजन र ६० केजीमा रचना लामा रहेका छन । 
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई सोमबार युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्मा, रााष्ट्रिय खेलकुद परिषदका सदस्य देब (बद्री )प्रसाद अधिकारी र राखेपका पुर्व सदस्य नारायण पौडेलले संयुत्त रुपमा बिदाई गरेका छन । मन्त्रि विश्वकर्माले खेलाडीहरुलाई प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दे देशको शिर उच्च बनाउन आग्रह गरेका थिए । 
प्रतियोगिामा सहभागिता जनाउन खेलाडी र अफिसियल गरि २४भन्दा बढीले सहभागिता जनाएका छन । साम्बो फेडेरेसनका अध्यक्ष तथा चिफ कोच धनन्जय श्रेष्ठ,उपाध्यक्षहरु पुरुषोत्तम शिंखडा,राजकुमार श्रेष्ठ र रमेश पौडेल ,महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल ,सदस्य रामबलि दास र रेफि गाेपाल पुनमगर ले  सहभागि जनाउने छ  प्रतियोगितामा ४५ देशका खेलाडीले सहभागिता जनाउनेछन ।


प्रतिक्रिया दिनुहोस्