बुधबार थप ८८५ जनामा कोरोना, ११ जनाको मृत्यु, उपत्यकामा ३०१ संक्रमित थपिए « Arthapath.com
१० भाद्र २०७७, बुधबार

बुधबार थप ८८५ जनामा कोरोना, ११ जनाको मृत्यु, उपत्यकामा ३०१ संक्रमित थपिए



काठमाडौं । नेपालमा थप ८८५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जम्मा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोन जितेर घर फर्किएका छन् । योसंगै निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । त्यस्तै थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बुधबार काठमाडौं उपत्यकामा ३०१ संक्रमित थपिएका छन् । काठमाडौंमा २३०, ललितपुरमा २४ र भक्तपुरमा ४७ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्