शुक्रबार थप १३ सय ५९ जनामा कोरोना,१४ जनाको ज्यान गयो « Arthapath.com
८ असार २०८२, आईतबार

शुक्रबार थप १३ सय ५९ जनामा कोरोना,१४ जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार थप जनामा कोरोना देखिएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपटेडमा बताइएको छ ।

यस्तै २४ घण्टामा १३ सय ५४ जना कोरोना निको भएर घर फर्केका छ ।यो संगै जम्मा कोरोना भाइरस निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै आज जनको कोरोनाबाट १४ जनाको मुत्यु भएको छ ।यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्