४० गाउँपालिकामा अझै पुगेन टेलिफोन र इन्टरनेट « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

४० गाउँपालिकामा अझै पुगेन टेलिफोन र इन्टरनेट



काठमाडौं । सरकारले डिजिटल प्रविधि प्रयोग गर्ने भनिएतापनि त्यो सम्भव हुन सकेको छैन । देशभरका ४० गाउँपालिकाको केन्द्रमा अझै टेलिफोन र इन्टरनेट सुविधा पुग्न नसकेको हो । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभरका ४६० गाउँपालिकामध्ये ४० गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा कामकाजमै समस्या हुने गरेको छ ।

महासंघले ती गाउँपालिका केन्द्र र आसपासका बस्तीलाई सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्न संघीय सरकारलाई बारम्बार भन्दै आएपनि अहिलेसम्म नभएको महासचिव बन्सलाल तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस्