त्रिविमा खुल्यो ७ सय भन्दा बढी प्राध्यापकको जागिर, यसरि दिन सकिन्छ आवेदन « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

त्रिविमा खुल्यो ७ सय भन्दा बढी प्राध्यापकको जागिर, यसरि दिन सकिन्छ आवेदन



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा कर्मचारी माग गरेको हो ।

एक सुचना जारी गदै आयोगले खुला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जना कर्मचारी माग गरेको हो ।

उक्त सुचनामा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगले जनाएको छ ।

खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन ।

https://drive.google.com/file/d/1Gm9BkHvShMCRkfVav439lD_wxuuo0V2a/view


प्रतिक्रिया दिनुहोस्