थप २३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु « Arthapath.com
५ मंसिर २०७८, आईतवार

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ लाख १९ हजार १९ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३७० जना कोरोना संक्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४९६ पुगेको छ ।

हाल देशभरि ७ हजार १६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै, ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने २२७ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्