डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिर्पोट स्थापना « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिर्पोट स्थापना



काठमाडौं । डिटीएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिर्पोट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिर्पोटबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिर्पोट स्थापना गरेको हो ।

अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिर्पोट स्थापना गरेको हो । छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिर्पोटसम्म पुयाई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।


प्रतिक्रिया दिनुहोस्