अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति, ठाकुरलाई भने भोलिमात्रै अदालत लाने « Arthapath.com
१८ माघ २०८०, बिहीबार

अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति, ठाकुरलाई भने भोलिमात्रै अदालत लाने



काठमाडौं । व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई विहीबारै पक्राउ गरेर अदालतमा हाजिर गराएको थियो ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी चौधरीलाई आजै अदालत हाजिर गराइए पनि उही मुद्दामा पक्राउ परेका सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई भने भोलि शुक्रबारमात्रै अदालतमा हाजिर गराइने भएको छ । यस मुद्दामा विहीबार तीन जना पक्राउ परिसकेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई आगामी चार दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्