मिहेनत, धैर्यता र सफलताको सन्देश हो ‘तीज’ : डेपुटी गभर्नर ढुंगाना « Arthapath.com
२१ भाद्र २०८१, शुक्रबार

मिहेनत, धैर्यता र सफलताको सन्देश हो ‘तीज’ : डेपुटी गभर्नर ढुंगाना



काठमाडौं । नेपालमा मनाइने चाडवाडहरु बेगन्ती नै छन् । हरेक चाडवाडको महत्व फरक–फरक नै हुन्छ । हाम्रा चाडवाडसँगै आउने उत्साह, उमङ्ग विशेषगरि बाल्यकालसँगै जोडिएको हुन्छ । अहिले पनि हामीले अधिकांश चाडवाड आउँदा बाल्यकालकै धेरै सम्झाना आउने गर्छन । चाडवाडका विशेषताहरु र सम्झाना बाल्यकालसँगै जोडिएर आउँछ । जस्तो दशै भन्ने वित्तिकै हामीले नयाँ लुगा लगाउने, मासु खाने, पिङ खेल्ने जस्तो कुरा सम्झी हाल्छौं । तीज भन्ने वित्तिकै दर खाने, ब्रत बस्ने नयाँ लुगा लगाउने लगायतका कुरा आइहाल्छ । जे होस् व्यक्तिअनुसार आ हरेक चाडवाडलाई आ–आफ्नै ढंगले सम्झिने तरिका हुन्छन् ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पनि बाल्यकालको तीज उसैगरि सम्झिन पुगिन् । बाल्यकालको तीज भन्ने वित्तिकै सबैले राता राता झिलिमिली लुगा, ढकने लगायतका चीज उनको मानसपटलमा ताजै बनेर आउँछ ।
उनी भन्छिन्,‘बाल्यकालको तीज सम्झिँदा अहिले पनि रमाइलो लाग्छ । मिठो दर खाएको, आमासँगै मन्दिर गएको सबै सम्झाना ताजा बनेर आउँछ । रातो र रंगीचंगी लुगा लगाएको दृश्य अझै मानसपटलमा ताजै छन् ।’

म सानै थिए । तीज भन्ने वित्तिकै निकै रमाइलो लाग्थयो । बाल्यकालमा ब्रत बस्ने कुरा थाहा पनि भएन । तर, तीजमा आमाहरु ब्रत बस्नुहुन्थ्यो । आमाहरुसँगै हामी पनि मन्दिर जान्थ्यौं । आमाहरु शिव मन्दिर गएर पुजा गरेको उनलाई आजै जस्तै लाग्छ । ‘बाल्यकालमा ब्रत बस्दैनथ्यौं, आमाहरू ब्रत बस्नुहुन्थ्यो । हामी पनि उहाँहरुसँगै शिव मन्दिर जान्थ्यौ, पुँजा गर्थ्यौं । तीज भन्ने वित्तिकै रातो लुगा लगाउने, झिलिमिली पर्ने भन्ने हुन्थ्यो । बिहे गरेपछि ब्रत पनि लिनुपर्ने रहेछ भन्ने हुन्थ्यो । रमाइलो हुन्थ्यो ।’, उनले भनिन् ।

तीज नजिकिँदै गर्दा मनमा पनि छुट्टै किसिमको उत्साह आउने ढुंगाना बताउँछिन् । तीजमा ढकने खाने चलन थियो । ढकने भनेको चामल घिउमा भुटेर दुधमा पकाएर चिनि पनि हालेर बनाइने एक स्वादिष्ट खानेकुरा हो । उनी भन्छिन्,‘दर खाने दिन खुब रमाइलो हुन्थ्यो । तीज आउनु अघि नै मनमा छुट्टै किसिमको उत्साह हुन्थ्यो । ढकनी खाने चलन थियो । ढकनी खान पाइन्छ भनेर खुशी हुन्थ्यौं ।’

तीजको बेलामा टाढाका दिदि बिहिनीहरु जम्मा हुने भएकाले त्यसको रौनकता अर्को हुन्थ्यो । बुवा आमाले नयाँ नयाँ कपडा पनि किनिदिने, मिठो मिठो खानेकुरा पनि खान पाइने भएपछि बाल्यकाल त्यसै रमाइलो हुने भइहाल्यो । झन् फुपु दिदिहरुको बाटो हेरेर बसेको त आजै जस्तो लाग्छन् उनलाई छ। फूपुदिदिहरुले ल्याउने खानेकुराका परिकार र अन्य सामाग्रीहरुले हरेर दिन तीज आए हुन्थ्यो जस्तो लाग्थ्यो । उनले भनिन्,‘तीजमा सबै दिदीबहिनीहरू एके ठाउँमा भेला हुन्थो । हामीले पनि फूपू दिदीहरूको बाटो हेरेर बस्थ्यौं । फूपूहरूले विभिन्न समान ल्याइदिनुहुन्थ्यो । बच्चाबेलाको तीज छुट्टै रमाइलो हुन्थ्यो ।’

तीज अर्थात् मिहेनत, धैर्यता सफलताका सन्देश

तीज भन्ने बित्तिकै महिला शक्तिको कुरा आउँछ । महिलाहरूको स्वतन्त्रता र उनीहरुको शक्ति, प्राथामिकता अगाडि झल्किन्छन् । अहिले देखिएका विसंगतिहरूलाई हामीले छोड्दै जानुपर्छ । तडकभडक गर्नुहुँदैन ।

तीज भनेको अत्यन्तै राम्रो सांस्कृतिक परम्परा हो । परापूर्वकालदेखि नै यो पर्वको महत्व थियो । परापूर्वकालमा नै भगवान शिव पाउनका लागि पार्वतीले घनघोर तपस्या गरेर शिवजीलाई प्राप्त गरेको भन्ने किम्वदन्ती छ । त्यो पौराणिक कथा भयो । त्यसबाट हामीले आफूले चाहेको गन्तव्य हासिल गर्नका लागि संघर्ष गर्नुपर्छ भन्ने सन्देश लिनुपर्छ । जुनसुकै हदसम्मको मिहेनत धैर्यता र संघर्ष गर्नुपछ । यसबाट सफलता हासिल हुन्छ भन्ने कुरालाई सन्देशको रूपमा ग्रहण गर्नुपर्छ ।

अर्को कुरा पतिको दिर्घायुको लागि ब्रत बस्ने भन्ने कुरा छ । घर भनेको श्रीमान श्रीमती आपसी प्रेम सद्भावले नै चल्ने कुरा हो । घरमा राम्रो सम्बन्ध कायम होस् भन्ने उद्देश्यले तीजको ब्रतको महिमा रहँदै आएको पाइन्छ । पुरानै परम्पराकालदेखि हाम्रो नेपाली समाज बिहे गरेर दिएको छोरीलाई माइतमा बोलाएर मीठो–मसिनो खुवाउन भन्ने हिसाबले माइती लिन जाने र चेली लिन आउने प्रचलन छ । त्यतिबेला महिलाहरू आत्मनिर्भर हुँदैनथे । महिलालाई घरेलु श्रमिककै रूपमा खटाउने चलन थियो । धेरै नै दुख पाएका हुन्थ्यो । केहीदिन भए पनि स्वतन्त्रता महसुस गराउँन माइत ल्याउने चलन थियो । यद्यपि, कतिपय चेलीहरु आफ्नो बाध्यता र अवस्थाले माइत आउन पाउदैन्थे ।

तीजलाई महिलाहरू स्वतन्त्रताका साथ कुरा पोख् पाउने, घरमा परिवारका सदस्यहरूले दिएको दुख बह प्रकट गर्न पाउने भएकाले स्वतन्त्रताको दिन मानिन्थ्यो । एक किसिमले सबैले मान्यता दिएको यो पर्वको हो । अहिले त सबैजना मिलेर मनाउने प्रचलन बढेको छ । कार्यालयहरूले पनि कर्मचारीहरूबीच सौहार्दता देखिने गरी पर्व मनाउने गरेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तथापी केही विसंगतिहरू आएका छन्, त्यसलाई पनि सुधार्न जरूरी छ ।

यो वर्षको मेरो तीज…

हरेक वर्षको तीजमा ब्रतको दिन सकुन्जेल निराहार नै बस्छु । तर, सकिएन भने पानी खान्छु । बिहान नुहाइधुवाइ गरेर पशुपति जाने गर्दथे ।

तर, यस वर्ष चाहिँ घरायशी कारण (नजिकैको आफन्त बित्नुभएको छ) ले मन्दिर गइदैन । घरमै ब्रत बस्ने योजना छ । पहिला–पहिला गाउँमा हुँदा टोल, छिमेक र साथीसंगीसँग जम्मा भएर रमाइलो गरिथ्यो । यहाँ चाहिँ आमा र म हुन्छौं । शहरमा आएपछि अलिक एक्लिने रहेछ । मेरो व्यस्तताका कारण टोल छिमेकमा धेरै जनासँग घुलमिल हुन पनि पाइएको छैन । परिवारमा श्रीमान र म मात्र छौं । छोराछोरी दुवै जना विदेशमा छन् । छोरी अमेरिकामा छोरा जापानमा छन् । यद्यपि, अरू आफन्त हुनुहुन्छ, बुवाआमा, भाइ बुहारी पनि छन् । जेठाजु जेठानीहरू पनि यतै हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्