सार्वजनिक बिदाको सूचना ढिलो प्राप्त हुँदा कर्मचारी र सर्वसाधारणमा अलमल « Arthapath.com
३ मंसिर २०८१, सोमबार

सार्वजनिक बिदाको सूचना ढिलो प्राप्त हुँदा कर्मचारी र सर्वसाधारणमा अलमल



काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिइएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उनको आइतबार उपचारको क्रममा निधन भएको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । ढुंगानाको निधनको शोकमा आजसबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

सरकारले शोक बिदा घोषणा गरेता पनि अधिकांश सरकारी कर्मचारीहरु कार्यालय पुगिसकेका थिए । ढुंगानाको आइताबार नै निधन भएपनि सोमबार बिहान ढिलो गरि जानकारी गराउँद सबै सरकारी कर्मचारी तथा सर्वसाधारणमा अन्यौलता सृजना भएको छ ।

ढिलो जानकारी प्राप्त हुँदा कर्मचारी र विद्यार्थीहरुले दुख पाएका छन् । कार्यालय पुगेका कर्मचारीहरु फर्किएका छन् । कतिपय बाटो बाटै फर्किन बाध्य भएका छन् ।

सोमबार बिहानैदेखि बैंक तथा वित्तीय संस्था (निजी तथा सार्वजकि) विद्यालयहरु पनि खुला भइसकेका थिए । तर, एक्कासी सरकारले बिदाको घोषणा गरेको छ । सरकारबाट ढिलो सूचाना प्राप्त हुँदा अलमल सृजना भएको छ ।


प्रतिक्रिया दिनुहोस्