मेडिकल व्यवसायी प्रसाईंलाई थुनामुक्त अस्वीकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
प्रसाईंका छोराले गैरकानूनी रुपमा थुनामा राखे भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । तर बुधवार ध्यायाधीश निम्यान्द पाण्डे र महेश शर्माको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।