फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्ने « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

फेसबुकले राजनीतिक विज्ञापन बन्द गर्ने



काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचन सुरु हुनभन्दा एक साताअघि राजनीति विज्ञापनमाथि प्रतिबन्ध लगाउने फेसबुकले घोषणा गरेको छ । राष्ट्रपतिको निर्वाचन ३ नोभेम्बरमा हने भएको छ ।

अहिलेसम्म फेसबुकका सिइओ मार्क जुकेरवर्गले राजनीतिक विज्ञापनहरुलाई छुट दिदैं आएका थिए । तर अव त्यो कार्य बन्द हुने भएको छ ।

फेसबुकमा विज्ञापन गरेबापत उम्मेदवारहरुले आफ्नो प्रचार गर्ने गरेका थिए । ट्वीटर र पिइन्ट्रेस्टजस्ता सामाजिक सञ्जालले भने यसअघि नै राजनीतिक विज्ञापनलाई आफ्नो सेवामा प्रतिबन्ध लगाएका थिए ।

फेसबुकले मानिसहरुलाई मतदान गर्नका लागि निरुत्साहित गर्ने खालका पोस्टहरुलाई समेत हटाउन सकिने जनाएको छ । मतदान केन्द्रमा जाँदा कोभिड–१९ लाग्नसक्छ भन्ने खालका पोस्टहरु हट्ने फेसबुकले जनाएको छ । कम्पनीका सिईओ जुकेरवर्गले कोरोना भाइरस महामारीलाई प्रयोग गरेर मतदानका लागि जनतालाई निरुत्साहित गर्ने खालका पोस्टलाई हटाइने जानकारी दिएका हुन् । निर्वाचन अधिकारीहरुमाथि हानी पु¥याउने वा हिंसा गर्ने अपिल गरिएका पोस्टहरुलाई रोक्नका लागि फेसबुकले आफ्नो नीति बिस्तार गर्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्