४ लाख पुगे वल्र्डलिंकका प्रयोगकर्ता « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

४ लाख पुगे वल्र्डलिंकका प्रयोगकर्ता



काठमाडौं । मंगलबार निजी क्षेत्रको ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले २५ औं वार्षिकोत्सव बनायो । कम्पनीले आफ्नो वार्षिकोत्सवमा अवसरमा आफ्ना युजर ४ लाख पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले उच्चस्तरीय सेवा दिएको जनाएको छ । देशभर सेवा विस्तार गरेको वल्र्डलिंकले करिव १० हजार ठाउँमा फ्रि वाईफाई सेवा उपलव्ध गराएको जनाएको छ ।

कम्पनीले २५ वर्ष पुगेको अवसरमा सर्वसाधारणमा सेयर आइपिओ ल्याइने जनाएको छ । वल्र्डलिंकले ३० एमबीपीएसको इन्टरनेट प्रयोग गर्नका लागि नेपालीलाई प्रतिएमबीपीएस ५ डलर खर्चनु परेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्