विदेशमा डिजिटल सर्भिस बेच्नेमाथि अब १ प्रतिशत कर « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

विदेशमा डिजिटल सर्भिस बेच्नेमाथि अब १ प्रतिशत कर



काठमाडौं । सरकारले युट्युटजस्ता डिजिटल प्लेटफर्म र सफ्टवयर विक्री लगायत डिजिटल सेवा दिएबापत विदेशबाट नेपालीले गर्ने आम्दानीमा १ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ । कम्पनी वा फर्म नखोली व्यक्तिगत रुपमा यस्ता काम गर्नेले पनि अब कर तिर्नुपर्ने भएको हो ।

‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए’ त्यसबापत हुने आम्दानीमा कर लाग्ने व्यवस्था बजेटको नयाँ प्रतिस्थापन विधेयकले गरेको छ ।

युरट्युब लगायत सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रा भुक्तानी प्राप्त गरेको भए ‘सम्बन्धित बैंक वित्तीय संस्था तथा मनीट्रान्सफर गर्ने संस्था’ले नै कर कटाएर भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रीम कर अशूल गर्ने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै भने ।


प्रतिक्रिया दिनुहोस्