डिश होम फाइवरनेटद्वारा डिलर दाइ सम्मान कार्यक्रम « Arthapath.com
६ माघ २०७८, बिहीबार

डिश होम फाइवरनेटद्वारा डिलर दाइ सम्मान कार्यक्रम



काठमाडौं । डिश होमले आफ्ना डिलर दाइहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ ।

गण्डकी अञ्चलमा डिश होम ,डिशहोम फाइवरनेटको बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्यांग्जा जिल्लाका रन्जना फेन्सी, लुद्र मान थापा , गोरखा का सरिना एलेक्ट्रोनिक्स , अकला राइस मिल , भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्स लाइ उपहार स्वरुप एक एक थान ल्यापटप , साथै बिक्रि पछिको उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशा पत्र सहित सम्मान गर्नु भएको छ ।

उक्त कार्यक्रममा गोर्खा ,लम्जुङ्ग ,स्यांग्जा , तनहुँ र कास्की का डिस्ट्रककब्युतर , डिलर दाइ हरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिश होम फाइवरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिश होम प्रयोग गरिरहनुभएका ग्राहकलाई १० : एमविपिएस् निशुल्क इन्टरनेट सुबिधा देखि ६०० : एमविपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ । सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ट अनुभव पाउने कुरा डिश होमको दावी रहेको छ । डिश होम फाइवरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै विश्वास बढिरहेको कुरा प्रदिप सुबेदीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्