अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट « Arthapath.com
९ माघ २०७८, आईतवार

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट



काठमाडौं । नेपालमा कोभिड(१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् ।
यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ ।

स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ ।  

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ । यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्