जोरपाटीमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुम उद्धघाटन « Arthapath.com
२० माघ २०७८, बिहीबार

जोरपाटीमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुम उद्धघाटन



काठमाडौं । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

माघ १९ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

१५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दीपा ईम्पेक्सले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्