स्माटच्वाईस टेक्नोलोजिज र एनआईसी एशिया बैंकबीच सम्झौता « Arthapath.com
१५ चैत्र २०७८, मंगलवार

स्माटच्वाईस टेक्नोलोजिज र एनआईसी एशिया बैंकबीच सम्झौता



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एनआईसी एशिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

मङ्लबार आयोजित विशेष कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनआईसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बिभिन्न व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआईसी एशिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्