नेपालका उत्कृष्ट ईस्पोर्टस प्रतिभाहरुको २०२२ पब्जी मोबाइल प्रो लिगको दक्षिण एसिया वसन्त यात्रा सुरु « Arthapath.com
१५ चैत्र २०७८, मंगलवार

नेपालका उत्कृष्ट ईस्पोर्टस प्रतिभाहरुको २०२२ पब्जी मोबाइल प्रो लिगको दक्षिण एसिया वसन्त यात्रा सुरु



यो अप्रिल महिना नेपालका उत्कृष्ट ईस्पोर्टसका खेलाडीहरुले देशको प्रतिनिधित्व गर्दै २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिएसँगै नयाँ विजेता प्राप्त गर्ने छ । दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले अमेरिकी डलर १५०,००० का लागि प्रतिस्पर्धा गर्ने छन् र पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिने छन् ।

पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न एकपटक क्वालिफायर आयोजना गरेको थियो । यस पीएमपीएल क्वालिफायरमा भाग लिनका लागि उदाउँदै गरेका पीएमपीएल टिमका साथै २०२१ को पब्जी मोबाइल तथा पीएमपीएल २०२१ प्रतिस्पर्धामा उत्कृष्ट रहेका टिमहरुलाई पनि आमन्त्रण गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलपछि ४ वटा टिम छनोट भएका थिए भने यसअघि भएका प्रतिस्पर्धामा गरेको प्रदर्शनका आधारमा ७ वटा टिमलाई आमन्त्रण गरिएको छ । यस वर्षको पीएमपीएल दक्षिण एसिया प्रतिस्पर्धामा २० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् जसमा ११ वटा नेपाली टिम रहेका छन् ।

पीएमपीएल दक्षिण एसिया २०२२ मा भाग लिने ११ नेपाली टिमहरु यस प्रकार छन् ः दा एट्राक्स ईस्पोर्टस, डेडआइज गाइज, भाइब्स ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टु किल, रअ ईस्पोर्टस, हाइ भोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, ७ सि ईस्पोर्टस र इलिमेट्रिक्स ।

पीएमपीएल दक्षिण एसिया २९ मार्चदेखि सुरु भएर चार हप्तासम्म संचालन हुने छ । हरेक साता २० टिमले साताको अन्तिममा हुने उत्कृष्ट १६ माझ हुने प्रतिस्पर्धामा आफ्नो स्थान पक्का गर्नका लागि खेल्नेछन् । चौथो हप्ताको अन्तिम प्रतियोगिता पश्चात सबै टिमले पाएको अंक गणना गरेर उत्कृष्ट टिम विजयी हुने छ ।

नेपाल तथा दक्षिण एसियामा नै ईस्पोर्टस प्रतिको आकर्षण बढ्दै गएको देखिन्छ । पब्जी मोबाइल नेपालको सबैभन्दा ठूलो ईस्पोर्टस उपाधी हो भने ईस्पोर्टसकै प्रमुख कारक पनि हो । यो एक सामूहिक खेल हो जसमा आखा र हातको समन्वय र रणनीतिक सोच आवश्यक पर्छ । पछिल्लो समय एसियामा पब्जी मोबाइलप्रति आकर्षण बढेको छ र हाङजाउ २०२२ एसियन गेम्समा पनि यसलाई ईस्पोर्टस मेडल इभेन्टका रुपमा संलग्न गरिएको छ ।

टान्सेन्टको पब्जी मोबाइल ईस्पोर्टसले यो क्षेत्रकै ईस्पोर्टसको वातावरणलाई बढावा दिने प्रयास गरेको छ । यसैको फलस्वरुप प्रतिस्पर्धात्मक वातावरण कायम राख्न पीएमपीएलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने छ । पीएमपीएल ईस्पोर्टसको एउटा विधा हो जसमा क्षेत्रकै उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् र हाम्रो कौशलका आधारमा विजेता चुनिनेछन् । यो प्रतियोगिता प्रस्तिपर्धीहरु सहभागी देशमा प्रशारण पनि गरिने छ । टान्सेन्टको सामाजिक सञ्जालका एकाउन्टहरुका साथै नेपालको लोकल टिमको सामाजिक सञ्जालका एकाउन्टबाट पनि यो प्रतियोगिता प्रशारण गरिने छ ।
पब्जी मोबाइल ईस्पोर्टसले स्मार्ट टेक्नोलोजीको विकास तथा खेलको अनुभवलाई अद्वितिय बनाउन लागिपरेको ओप्पोसँगको आफ्नो सहकार्य कायमै राखेको छ । ओप्पोको एफ सिरिजसँग थप अद्भुत क्रियाकलापहरु सार्वजनिक हुनेछ ।
पब्जी मोबाइलको सम्बन्धमा
पब्जी मोबाइल प्लोयरअननोन्स ब्याटलग्राउण्ड्समा आधारित छ । सन् २०१७ यता यसले विश्वमा अन्तक्रियात्मक मनोरञ्जनात्मक माध्यमबाट आफूलाई स्थापित गरेको छ । यस खेलमा १०० जना खेलाडीहरु प्यारासुटमार्फत एउटा टापुमा ल्याण्ड गर्छन् र सबैलाई पराजित गर्छन् । खेलाडीहरुले आफ्नो लागि उपयुक्त हतियार, गाडी लगायतका आवश्यक सामाग्री आफैं खोज्नुपर्ने हुन्छ । साथै, समयसँगै घट्दै जाने खेल क्षेत्रमा रणनीतिक हिसाबमा सबै प्रतिस्पर्धीलाई हराउनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्