भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच म्याजिक थ्रीएस र ट्यांक एम १ बजारमा, कति छ मूल्य ? « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच म्याजिक थ्रीएस र ट्यांक एम १ बजारमा, कति छ मूल्य ?



काठमाडौं । नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो । यी दुबै स्मार्टवाचहरु नेपालभर उपलब्ध भईसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन् ।

कस्पेट म्याजिक थ्रीएस

म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।

यो स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ ।

कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधा समेत रहेको छ ।

स्मार्टवाच आईपी६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत तपाईँले आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सक्नुहुनेछ ।

कस्पेट ट्यांक एम १

यो स्मार्टवाच स्पोर्टीलुक मनपराउने प्रयोगकर्ताहरुका लागि ध्यानमा राखेर ल्याईएको हो । कस्पेट ट्यांक एम १ मा १.७२ इन्चको ठूलो टिएफटी डिस्प्ले साइज राखिएको छ । यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

ट्यांक एम १ स्मार्टवाचमा २० ओटा फरक स्पोर्टस मोडहरु छन भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ ।

स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केहि नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० ओटा वाच फेसेज, कल रिमाइन्डर छ ।

आउटडोरको लागि निकै उपयुक्त यो कस्पेट ट्यांक एम१ डस्टप्रुफ र शकप्रुफ रहेको छ । यो विशेषगरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ्ग जानेहरुको लागि उत्कृष्ट रोजाई हुनसक्नेछ ।

नेपाली बजारमा कस्पेटका स्मार्टवाचहरु बिक्री गर्दै आएको क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले यी युरोपियन ब्राण्डका स्मार्टवाचहरु नेपालमा पहिलो पटक आएका र यसले ग्राहकहरुलाई सन्तुष्ट पार्दै आएको बताए । ‘हामीले कस्पेटका स्मार्टवाचहरु पहिलेदेखि नै बेचिरहेका छौं । अहिले नेपालमा पहिलो पटक कल गर्न मिल्ने सुबिधासहितको स्मार्टवाच भित्र्याएका छौं । यी सबै युरोपेली मापदण्डका स्मार्टवाचहरु नेपाली प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो’, क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले भने ।

कम्पनीले नेपाली बजारमा कस्पेटका सम्पूर्ण स्मार्टवाचहरुमा १२ महिनाको वारेन्टी दिएको छ । बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ । यी स्मार्टवाचहरु नेपालभर उपलब्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्