रियलमीद्वारा “१०० डेज रिटेलर स्किम” विजेताहरुको घोषणा « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

रियलमीद्वारा “१०० डेज रिटेलर स्किम” विजेताहरुको घोषणा



  • रियलमीले १०० डेज रिटेलर स्किमका विजेताहरुलाई उपहारहरु वितरण गरेको छ
  • ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको छ

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो । विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत्र ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो ।

सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो । ए २ जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो । रियलमी नेपाल प्रमुख मुनिस गिरी, बिक्री निर्देशक दीपक नाक्रा, कार्यकारी निर्देशक सक्क्षम जाटिया र शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।

रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी २१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ । पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।

रियलमीको बारेमा

टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार ः भारतीय बजारमा ५ जी ल्याउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स ५० प्रो ५ जी र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष ५ जी स्मार्टफोन ब्रान्ड बनेको छ ।

रियलमीले १ ५ टी रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ ।

रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्