नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफरः ९८ रुपैयाँमा ६ जीबी डाटा प्याक « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफरः ९८ रुपैयाँमा ६ जीबी डाटा प्याक



काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।

स्टार १४१५ स्टार ११ ह्याज डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

साथै २ सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५ सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्