खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता « Arthapath.com
२९ चैत्र २०७८, मंगलवार

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता



काठमाडौं । वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्तीएप मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्ने भएका छन् । वर्ल्डलिंकले ६ लाख ५० हजार घरपरिवारहरूलाई इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको हो । वर्ल्डलिङ्क र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् ।

१० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ प्रतिशत क्यासब्याक १ सय रुपैयाँ क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड न्इऋब्क्ज्ीभ्क्क् प्रयोग गरी छुट प्रदान गरेको छ ।

अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६ लाख ५० हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ । उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतितश भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउने छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ताको हुनु पर्ने छ । साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ताको हुनु पर्ने छ । अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ। यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं ।”

वर्ल्डलिङ्कका सामुहिक प्रमुख वित्तीय अधिकारी संजय कुमार साहले भने, “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ। यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ ।”


प्रतिक्रिया दिनुहोस्