क्यास आइडि ०२५६४०३३७७५ भएका डिशहोमका ग्राहकले जिते एक लाख « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

क्यास आइडि ०२५६४०३३७७५ भएका डिशहोमका ग्राहकले जिते एक लाख



काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएच का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, । हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा क्यास आइडि ०२५६४०३३७७५ भएका ग्राहकले एक लाख जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी., रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्