इन्ग्रेल्स प्रालि राष्ट्रिय आईसीटी पुरस्कार बाट सम्मान « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

इन्ग्रेल्स प्रालि राष्ट्रिय आईसीटी पुरस्कार बाट सम्मान



काठमाडौं । इन्ग्रेल्स प्रालि (वेद) ले नेपाल भित्र शिक्षा र प्रविधिको एकीकरणमा योगदान गरेको बापत राष्ट्रिय आईसीटी पुरस्कार २०२२ (निजी क्षेत्र) जितेको छ । सञ्चार तथा सचूना प्रविधि मन्त्रालयले राष्ट्रिय सचूना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सरकारले बैशाख १९ लाई राष्ट्रिय सचूना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने गरेको छ । यस कार्यक्रममा देशको प्रविधिको विकासमा वद्धि गरेको योगदानलाई कदर गर्दै मन्त्रालय लेइन्ग्रेल्स (वेद) लाई यो अवार्ड प्रदान गरेको हो ।

इन्ग्रेल्सले वेद द्परा २०१६ देखि विद्यालय र कलेजहरूलाई पर्णूरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ । ८०० भन्दा बढी विद्यालयमा प्रयोग भरैहेको उक्त सफ्टवेयरले विद्यालयहरूलाई उनीहरूको सम्पुर्ण कार्य प्रवाह डिजिटल गर्नका लागि आवश्यक प्रविधि, तालिम र उपकरणहरु उपलब्ध गराउँछ । यसले दोहोरिरहने कामको बोझ घटाएर शिक्षकहरूलाई सहज बनाउनुका साथै उनीहरूले शिक्षामा प्राथमिकता दिन सक्नेछन् ।

स्वचालन प्रक्रिया व्यस्थापन, डाटा व्यवस्थापन, अनलाइन शिक्षा, विद्यालयको नतिजा प्रकाशन, सञ्चार, अकाउन्ट आदि वेदमा उपलब्ध सुविधाहरु मध्ये सबै भन्दा धेरैखोजिएका सुविधाहरु हुन्, र देशभरका शैक्षिक सस्ंथाहरूद्वारा व्यापक रूपमा प्रयोग गरिएको पाइन्छ ।

वेदले कोरोना भाइरस महामारीको समयमा ७ लाख भन्दा बढी विद्यार्थीहरू र ४० हजार भन्दा बढी शिक्षकहरूलाई निरन्तर्ता दिन मद्धत गर्दै आएको छ । वेदले काठमाडौं उपत्यका बाहिर आफ्नो शाखा भौतिक रूपमा विस्तार गरे सँगै यी सख्ंयाहरू बढ्दै गएका छन् ।

हाल नेपालका ४० जिल्लाका विद्यालयहरुमा वेदको प्रयोग भइरहेको छ । सीईओ तथा सह सस्थापक निर्देशकले उक्त सम्मान पुरस्कारका लागि मन्त्रालयप्रति आभार व्यक्त गरे ।

कम्पनीले यस वर्षको सुरुमा ब्रनाईमा आफ्नो पहिलो विद्यालय अनबोर्डिङ पछि अन्तर्राष्ट्रिय बजारमा विस्तारको अपेक्षा गरेको छ । साथै, वेदले बगंलादेशमा प्रवेश गरि सकेको छ, र भारत र इन्डोनेसि या मा वि स्तारको लागि वेदले अध्ययन गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्