राकुटेन भाइबरले कन्भर्सेसनल भाइबर बिजनेस मेसेजका लागि तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध गराउँदै « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

राकुटेन भाइबरले कन्भर्सेसनल भाइबर बिजनेस मेसेजका लागि तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध गराउँदै



काठमाडौं । आफ्ना साथीभाइ, परिवारसँग जोडिनका लागि पहिलो रोजाई, मेसेजिङ कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको मूल उद्देश्य हो ।

विशेषगरी, वाणिज्य संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन भाइबरले प्रदान गर्ने प्रत्येक सेवारसुविधाको केन्द्रमा रहेको छ । आफ्ना ग्राहकहरूसँग ‘वान टू वान’ र अन्तरक्रियात्मक सञ्चारका फाइदाहरू अनुभव गर्न बाँकी रहेका व्यवसायहरूले यस विशेष प्रोमो अवधिमा आफ्ना ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्नेछन् । यस ट्रायल पहिलो पटक कन्भर्सेशनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ । यस प्रोमो जुन ३० २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहनेछ । यस अवधिमा पहिलो पटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म निस्शुल्क प्राप्त गर्नेछ ।

यसमा के छ रु भाइबरमा सेसनको हिसाबमा “कन्भर्सेसनल मेसेजहरूको हिसाब राखिनेछ । एक सेसन २४ घण्टाको हुन्छ जसमा ब्राण्ड र प्रयोगकर्ताहरूले संवादको बखत बहुसङ्ख्यामा मेसेज आदानप्रदान गर्न सक्नेछन् —यस समयावधिमा एउटा ब्राण्डले ६० वटा मेसेजसम्म पठाउन सक्नेछ । यस सेसन प्रयोगकर्ताले ब्राण्डलाई मेसेज पठाएपश्चात सुरु हुनेछ तर ब्राण्डलाई भने प्रयोगकर्तालाई जवाफ लेखेपछि मात्र शुल्क लाग्नेछ । सेसनले ब्राण्ड र प्रयोगकर्तालाई वास्तविक कुराकानी गर्न मद्दत गर्छ —संवाद जसले ब्राण्डलाई आफ्ना समस्याहरू हल गर्दै ग्राहकर श्रोतासँग सम्बन्ध गाँस्न मद्दत गर्छ ।

मूलतः कन्भर्सेसनल भाइबर बिजनेस मेसेज ग्राहकहरूको सहायताका निम्ति प्रयोग गरिए पनि उक्त बिजनेस मेसेजले ब्राण्ड र उपभोक्ताबीच एउटा नयाँ कम्यूनिकेसन एभेन्यू खोल्न सक्छ । लाइभ एजेण्ट का साथ कुराकानीले विविध विषयहरू सम्बोधन गर्न सक्छ जस्तैः डेलिभरी विवरण र अर्डर व्यवस्थापन, उत्पादन छनौटमा मद्दत, बुकिङ गर्न, वा उत्पादनहरूको ‘लोयलटी’ व्यवस्थापन । अन्तरक्रियात्मक कम्यूनिकेसनको माध्यमबाट कम्पनीहरूले ग्राहकको धारणामा सुधार, पोस्ट खरिद अनुभव र अन्य कुराहरूमा पनि सुधार ल्याउन सक्छन् ।

हालै गरिएको अध्ययनअनुसार, ७३ प्रतिशत उपभोक्ताहरूले कल गर्नुको सट्टा मेसेज रिप्लाई गर्ने ब्राणडसँग कुराकानी गर्न रुचाउने, ५८ प्रतिशतले ब्राण्डहरूसँग कम्यूनिकेट गर्न मेसेज सबैभन्दा छिटो माध्यम मान्ने देखाएको छ । र यदि वास्तविक व्यक्तिले जवाफ दिइरहेको खण्डमा ७४ प्रतिशत ग्राहकहरू बिजनेसलाई मेसेज गर्न रुचाउने पाइएको छ ।

ब्राण्ड र उपभोक्ताहरूबीच कम्यूनिकेसन लगातार विकसित भइरहेको बेला बिजनेस मेसेज पनि बढ्दो छ । सक्रिय रूपमा क्षमतावान सेवाहरू प्रयोग गरिरहेका ब्राण्डहरूलाई भाइबरले कन्भर्सेसनल बिजनेस मेसेज प्रदान गर्छ। २०२१ मा, ग्राहकहरूसँग ‘वान(टू(वान’ सम्बन्ध स्थापना गर्न खोलिएका नयाँ भाइबर बिजनेस मेसेज अकाउण्टहरूको सङ्ख्यामा ५५ प्रतिशत बृद्धि भएको भाइबरले पाइएको छ भने डेलिभर भएका सबै प्रकारका बिजनेस मेसेजहरूमा २० प्रतिशतको वृद्धि पाइएको छ । सबै मार्केट र बजारहरूमा कन्भर्सेसनल भाइबर मेसेजहरूमा उल्लेखनीय वृद्धि भएको थियो, केही देशहरूमा ३०० प्रतिशतसम्मको वृद्धि देखिएको छ ।

भाइबरको “कन्भर्सेसनल बिजनेस मेसेजले एउटै च्यानलमा वहु व्यवसायिक मुद्दाहरूको व्यवस्थापन गर्न मद्दत गर्छ । ब्राण्डहरूले आफ्ना ग्राहकहरूको व्यक्तिगत माग पूरा गर्न सक्छन् —ग्राहकसँगको यात्रामा प्रत्येक चरणमा ब्राण्ड अनुभब बृद्धि गर्न धेरै अवसरहरू प्राप्त गर्न सक्नुहुनेछ । कन्भर्सेसनल भाइबर बिजनेस मेसेजको ३ महिने निशुल्क ट्रायलबारे अझ जान्न चाहनुहुन्छ भने कृपया यससम्बन्धी अतिरिक्त जानकारी लिनुहोस् ।

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग छलफलजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ ।


प्रतिक्रिया दिनुहोस्