‘आइएमई पे’ को मोबाईल वालेटमा ‘रिफर एन्ड अर्न’ गर्दा २५ रुपैयाँ बोनस दिने « Arthapath.com
१८ जेष्ठ २०७९, बुधबार

‘आइएमई पे’ को मोबाईल वालेटमा ‘रिफर एन्ड अर्न’ गर्दा २५ रुपैयाँ बोनस दिने



काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर एन्ड अर्न’ आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्ने छ ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवासी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५
रुपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउनेछन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको ‘रिफर एन्ड अर्न’ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्