हाइब्रीड शिक्षालाई साहायता गर्दै राकुटेन भाइबर « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

हाइब्रीड शिक्षालाई साहायता गर्दै राकुटेन भाइबर



काठमाडौं । विश्वभर नि:ल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबर नेपालका विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षणसिकाइमा सहायक बन्दै आएको छ । नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न निर्णायक भूमिका खेलिरहेको छ ।

शैक्षिक गतिविधिहरूमा फलदायी रहने अतिरिक्त फङ्कशनहरूलाई प्राथमिकता दिने र विस्तार गर्ने कुरामा भाइबर प्रतिबद्ध छ । यस विश्वसनीय मेसेजिङ एपले विद्यार्थी, शिक्षक र अभिभावकहरूबीचको सञ्चारमा रहने ग्यापलाई सजिलो र प्रभावकारी रूपमा कम गर्न विभिन्न फिचरहरूलाई प्राथमिकता दिई विकसित गरेको छ ।

भाइबरका प्रयोगकर्तामैत्री, सुरक्षा र गोपनीयताको सुनिश्चितताजस्ता फिचरहरूको लाभ उठाउँदै अहिले भौतिक कक्षाहरू पुनः सुचारू गरिएको अवस्थामा पनि विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीहरूले भाइबर एपको प्रयोग गरिनै रहेका छन् ।

नेपालका धेरै विद्यालयहरूले अझै पनि भाइबरको प्रयोग गरिरहेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययन अनुसार विद्यालयहरूले आफ्नो सूचना र शैक्षिक पाठ्यक्रम प्रसारित गर्न र कार्यान्वयन गर्न भाइबरको प्रयोग गर्छन् । यस माध्यमबाट विद्यार्थीहरूबीच कक्षाका नोटहरू मात्र आदानप्रदान हुँदैनन्, कहिलेकाहीँ शिक्षकहरूले पनि एपमार्फत् विद्यार्थीहरूसँग विभिन्न सिकाइका स्रोतहरू साझा गरी आफ्नो गुमेको शिक्षण समयलाई व्यवस्थापन गर्न सक्छन् ।

यसैगरी, कोभिड-१९को जोखिम कम हुँदै गरेको अवस्थामा एसईई प्रेपरेशन नेपाल, नेपाल अनलाइन स्कूल, एनइबी कक्षा ११–१२ जस्ता केही लोकप्रिय शैक्षिक भाइबर च्यानलहरू विविध विषयहरूसँग सम्बन्धित शैक्षिक जानकारी र सिकाइ सामग्रीहरू आदान–प्रदानमा धेरै प्रभावकारी र उपयोगी साबित भइरहेका छन् ।

राकुटेन भाइबरको बारेमाः

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान–टु–वान, भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ । राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई–कमर्स र वित्तीय सेवाहरूमा अग्रणो राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।


प्रतिक्रिया दिनुहोस्