प्रभु क्यापिटलको आइटीमा चमत्कार, पिपुल्स पावरको स्थानिय प्रभावितले अनलाइनबाटै आइपिओमा आवेदन दिन सक्ने « Arthapath.com
१२ असार २०७९, आईतवार

प्रभु क्यापिटलको आइटीमा चमत्कार, पिपुल्स पावरको स्थानिय प्रभावितले अनलाइनबाटै आइपिओमा आवेदन दिन सक्ने



काठमाडौं । प्रभु क्यापिटलले आफ्नो प्रविधिमा व्यापक सुधार गरेको छ । पूँजी बजारका लगानीकर्तालाई एकपछि अर्को नयाँ सुविधा दिन प्रभु क्यापिटल सक्षम भएको हो ।

पूँजीबजारको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । यसअघि स्थानियलाई निष्काशन गरिएका सेयरमा आनलाइन आवेदनको व्यावस्था थिएन ।

यसका लागि क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/ र बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्