डिशहोममा १ वर्षको रिचार्ज गर्दा रमेश पन्तले जिते नगद एक लाख « Arthapath.com
२० असार २०८२, शुक्रबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा रमेश पन्तले जिते नगद एक लाख



काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन

यसै क्रममा सुक्लाफाँटा नगरपालिका–१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के।पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जितेका पुरस्कार रकम हस्तान्तरण गरे । विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने छन ।


प्रतिक्रिया दिनुहोस्