बागमति प्रदेश सरकारले गर्यो सार्वजनिक यातायातको भाडादर वृद्धि,यस्तो छ नयाँ भाडादर… « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

बागमति प्रदेश सरकारले गर्यो सार्वजनिक यातायातको भाडादर वृद्धि,यस्तो छ नयाँ भाडादर…



काठमाडौं । बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । बिहीबारदेखि लागु हुनेग उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा भाडादर वृद्धि गरेको बागमति सरकारले राजपत्रको सुचना प्रकाशित गरेको छ ।

नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।

यसअघि ५ किलोमिटरसम्म २० रुपैयाँ थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ कायम गरेकोथियो ।

प्रदेश सरकारले बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको हो ।


प्रतिक्रिया दिनुहोस्