खल्तीले फेरि ल्यायो नयाँ अफर १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने मौका « Arthapath.com
८ श्रावण २०७९, आईतवार

खल्तीले फेरि ल्यायो नयाँ अफर १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने मौका



काठमाडौं । खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु।१ को फ्लाइट टिकट’ अफर पुनः सञ्चालनमा ल्याएको छ ।

अफरमा फ्लाइट टिकटहरू खरिद गरेको खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता २ भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट जित्न सक्ने व्यवस्था ल्याएको छ ।

साथै, बम्पर पुरस्कार स्वरूप १ भाग्यशाली विजेताले ‘आईफोन १३’ जित्ने मौका समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

यति मात्र नभई खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको २५० रुपैयाँको क्यासब्याकमा वृद्धि गरी ५ सय रुपैयाँ भएको छ ।

खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘फ्लाईविथखल्ती’ प्रयोग गरी आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यस्ब्याक ९रू ५०० सम्म० पाउने भएका छन् ।

यो अफर साउन ५ देखि भदौ १५ सम्म मान्य हुने छ । केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन् ।
यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्