दराज अनलाइनले आफ्नो वार्षिक अभियानमा गर्यो दराज महाबचत बजार सुरु « Arthapath.com
८ श्रावण २०७९, आईतवार

दराज अनलाइनले आफ्नो वार्षिक अभियानमा गर्यो दराज महाबचत बजार सुरु



काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु गरेको छ । आजबाट सुरु भएको यो अभियानको मुख्य उदेश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
अभियानको मुख्य आकर्षक ६० प्रतिशतसम्म सम्म छुट, अनलाइन प्री–पेमेन्टमा रु १५०० सम्मको छुट, ७००० सम्मको भा्रचर, निःशुल्क सपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ ।

दराज महाबचत बजारमा लोकप्रिय खेल १ रुपैयाँ गेम पनि रहेको छ, जसमार्फत ग्राहकहरुले १ रुपैयाँमा नै विभिन्न पुरस्कार जित्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्