मर्चेन्ट बैंकिङमै पहिलोपल्ट प्रभु क्यापिटलले ल्यायो भिडियो केवाइसी मार्फत खाता खोल्न सकिने, चाडपर्वलाई लक्षित गर्दै ‘क्यासटिभल अफर « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

मर्चेन्ट बैंकिङमै पहिलोपल्ट प्रभु क्यापिटलले ल्यायो भिडियो केवाइसी मार्फत खाता खोल्न सकिने, चाडपर्वलाई लक्षित गर्दै ‘क्यासटिभल अफर



काठमाडौं । नेपाली पूँजी बजारमा प्रभु क्यापिटलले भिडियो केवाईसीबाट डिम्याट खाता खोल्ने सकिने सुविधा ल्याएको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रकै नयाँ सेवा सुभारम्भ गरेको छ ।

क्यापिटलले समय अनुसारकोे नयाँ प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको छ । प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल अफर’ ल्याएको छ, ।

योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ । यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोवाइल एप डाउनलोडगरी हितग्राहीले रु.१,००,००० सम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एक डाउनलोड गर्नु पर्नेछ र सोमा रजिष्टरगरी आफ्नो डिम्याट खातामा लिंक÷कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/–, ३०००/–, २०००/–जित्न सक्नेछन् । भने बम्पर योजनामासम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,०००/–जित्न सक्नुहुनेछ । यो योजना हालसम्म एप डाउनलोड गर्नु भएका हितग्राहीको हकमा समेत लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्