आकर्षक फिचरसहित भिभो वाई १५सी नेपालमा सार्वजनिक, कति छ मुल्य ? « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

आकर्षक फिचरसहित भिभो वाई १५सी नेपालमा सार्वजनिक, कति छ मुल्य ?



काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आजवाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई १५ सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।

सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई १५ सीमा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र “अन द गो”उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको हो ।

भिभो नेपालका सीईओ माइकललेभने,“युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू“अन द गो”मिलिने अलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। उत्कृष्ट ५००० एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई १५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्ट फोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली ए आई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”


उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
वाई१५सी मा १३ एम पीए आई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्च स्तरीय फोटो ग्राफी अनुभव लिन सकिन्छ । साथै,उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभफोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुतगर्दछ ।


लामो समय सम्म टिक्ने शक्तिशाली ब्याट्री
वाई१५सी मा ५००० एमएएच ब्याट्री छ जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५ भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।


इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन
वाई १५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन । प्रभावशाली विशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।


आकर्षक रंग तथा विशेषताहरु
वाई १५ सी दुईवटा आकर्षक रंगहरूमा ः मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्