शाओमी नेपालको दशैं “दश एमआइ अफर”

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ । आश्चर्यजनक अफरहरु एक महिना लामो यो दश एमआई क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि दश एमआई लक्कीड्रामा प्रत्यक्ष सहभागी भई दश एमआइ क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नुहुनेछ ।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दश एमआइ अफर ल्याएको छ । दश एमआई क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले एमआइ को 4S 65″ को टिभि, चारजनाले एमआइको 43″ को टिभि र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light र Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनुहुने छ।
यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा एमआइ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं। यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ। दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ।”
अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ।