भिभोको नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

भिभोको नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?



काठमाडौं । भिभोले आज भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।

भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको चार दिनमा छ सय भन्दा बढि भी२५ सिरिजको प्रि–बुकिङ भएको छ । भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने भिभोमा हामी युवा प्रयोगकताहरुका लागी नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौं । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन् जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काए साथैं ग्राहकहरुका लागि दशैं तिहार योजना ल्याएको जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन् ।

भिभोले आजदेखि “दशैं तिहार भिभोको साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको र उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, दुई जनाले भी२५ फाइभजी जित्न सक्ने, त्यस्तै हरेक हप्ता एक जनाले वाई१५ सी जित्न सक्नेछन् । हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन तीन जनाले एनकरको यू२आई नेकब्यान्ड र चार जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना कात्तिक १४ गतेसम्म लागू हुनेछ । त्यसैले मौंकाको फाइदा उठाइ र आजै भिभो मोबाइल खरिद गर्ने ।

त्यस्तैसार्वजनिक भएको भी२५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ । साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेट लगायत अन्य क्यामेरा विशेषताहरु छन् । भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ ।

भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली चार हजार पाँच सय एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् ।
भी२५ फाइभजी –अक्वामेरिन ब्लु र डायमण्ड ब्लयाकमा ५२ हजार ९ सय ९९ रुपैयाँ उपलब्ध छ र भिभो भी२५ई –सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा ४२ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्