डिशहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख पुरस्कार

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जाका रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ बाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले अधिकारीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजनामा डिशहोम डि टि एचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट एक बर्षको रिचार्ज गर्दा दुई बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।
विजेता अधिकारीलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि टि एचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ पाँच बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्ने छन् ।