भिभोद्धारा लोकप्रिय एवं बजेट-मैत्रीवाई सिरिज अन्तर्गत-वाई २२ एस र वाई १६ स्मार्टफोन सार्वजनिक « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

भिभोद्धारा लोकप्रिय एवं बजेट-मैत्रीवाई सिरिज अन्तर्गत-वाई २२ एस र वाई १६ स्मार्टफोन सार्वजनिक



काठमाडौं । भिभोले आजलोकप्रियवाई सिरिज अन्तर्गतदुई नयाँ मोडलहरू –वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवाउन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् ।

भिभाले वाई सिरिजमा ठूलो सफलताहासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहजकार्यसम्पादन र उत्कृष्ट लुकका साथआज सार्वजनिक भएकावाई २२ एस र वाई१६प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्ट फोन हुन् ।

भिभो नेपालका सीईओ माइकले भने, “नेपालमावाई सिरिजले धेरै मायापाएको छ र युवाग्राहकहरूको हृदयमाएक विशेष स्थानबनाउँन सफलभएको छ। प्रयोगकर्ताहरुले दिनुभएकोमायालाई बर्करार राख्नहामीले डिजाइन, कार्यसम्पादन र दक्षताअभिवृद्धि गर्ने मूलविचारका साथबजारमावाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापकस्टोरेज र शक्तिशालीप्रदर्शनका साथ, वाई१६ र वाई२२एसग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागिउपयुक्त साथीहुनेछ ।हरेकपक्षमाउत्कृष्ट स्मार्टफोनखोज्न ग्राहकहरुकालागिहामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमाविकास गरेका छौं ।”

वाई२२एसमा स्न्यापड्रेगन ६८०प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छजसले प्रयोगकर्ताहरूलाई बिनाकुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउनअनुमति दिन्छ। विस्तारित र्याम सुविधाले निष्क्रियरोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि१टेराबाईटसम्म मेमोरी कार्डको साहेतालेएक्सटेन्ड गर्न मिल्छ ।वाई २२ एसएआईपावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जरहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदानगर्दछ । यो५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फीमोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनिउ उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ । यसबाहेक, मल्टी–स्टाइलपोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरूवाई२२एस मा समावेश छन्जस मार्फतप्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई २२ एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

अर्कोतर्फ, वाई १६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू,२.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई १६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोरप्रोसेसरले सहजमल्टी–टास्किङ र अधिकतम कार्य क्षमता प्रदान गर्दछ । वाई १६ माक्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३ एमपीएआई डुअल क्यामेराको साथआकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ।

वाई २२ एस स्टारलिट ब्लू र समर सायनकलरमा रु २७,९९९ मुल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई १६ प्राकृतिक लुक–स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९,९९९माउपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्