दुई महिनामै १ अर्ब २५ करोड बढीको ल्यापटप नेपाल भित्रियो, कुन देशबाट कति ? « Arthapath.com
२१ आश्विन २०७९, शुक्रबार

दुई महिनामै १ अर्ब २५ करोड बढीको ल्यापटप नेपाल भित्रियो, कुन देशबाट कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा सवा अर्बको ल्यापटप आयात भएको छ ।

भन्सार विभागले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आवको भदौ मसान्तसम्ममा १ अर्ब २५ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको हो ।

विभागका अनुसार भदौ मसान्तसम्ममा १९ हजार ५०८ वटा ल्यापटप तथा नोटबुक आयात भएको हो । ल्यापटप तथा नोटबुक आयातबाट सरकारले १६ करोड ३३ लाख ३२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

पछिल्लो समय नेपालमा ल्यापटप तथा नोटबुकको प्रयोग ह्वात्तै वृद्धि भएको छ । कोरोना महामारीपछि यसको प्रयोग र माग बढ्न थालेको हो ।

कोरोना कालमा सम्पूर्ण विद्यालय, निजी तथा सरकारी कार्यालयहरु बन्द भएको अवस्थामा शैक्षिक तथा अन्य कार्यक्रमहरु भर्चुअल रुपमा हुन थालेको हो । यसका कारण पनि ल्यापटप तथा नोटबुकको प्रयोग बढ्दै आएको छ ।

नेपालमा विश्वका २३ वटा मुलुकहरुबाट ल्यापटप तथा नोटबुक आयात भएको छ । चालु आवको दुई महिनामा सबैभन्दा बढी ल्यापटप तथा नोटबुक छिमेकी मुलुक चीनबाट आयात भएको हो । उक्त देशबाट १ अर्ब २१ करोड ४५ लाख ३४ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको विभागले जनाएको छ ।

चालु आवको भदौ महिनामा मलेसियाबाट ९६ लाख ७४ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
यस्तै, अमेरिकाबाट ७३ लाख ६३ हजार रुपैयाँ, भारतबाट ५३ लाख ७३ हजार रुपैयाँ, जापानबाट ५१ लाख ४२ हजार, भेतनामबाट ४२ लाख ७२ हजार, उल्लेख नभएका देशबाट ३३ लाख ७१ हजार, टाइवान २१ लाख ५४ हजार, थाइल्याण्डबाट १४ लाख ७० हजार र युनाईटेड अरब इमिरेट्सबाट १४ लाख ७० हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

त्यसैगरि पोल्याण्डबाट ९ लाख २६ हजार रुपैयाँ, कोरियाबाट ९ लाख ११ हजार, सिंगापुरबाट ८ लाख ५६ हजार, निमीबीयाबाट ७ लाख ३२ हजार, अष्ट्रेलियाबाट ४ लाख ३६ हजार, बेलायतबाट २ लाख ९२ हजार र कुवेतबाट १ लाख २ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको छ ।

यता, लिथुनियाबाट ७१ हजार, नर्वेबाट ५१ हजार, म्यानमारबाट २० हजार, अष्ट्रेरिया १८ हजार, हङकङबाट ६ हजार र कतारबाट ४ हजार रुपैयाँ ल्यापटप तथा नोटबुक आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्