शाओमीको ७५ इन्चको टिभि जित्ने गोल–डेन अवसर « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

शाओमीको ७५ इन्चको टिभि जित्ने गोल–डेन अवसर



काठमाडौं । शाओमीले वल्र्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।


यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर पाउन सक्नेछन् ।


यसको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने “फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो । वल्र्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन् । यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ । वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।


यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २,९९,९९९ रुपैयाँ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा ४५,९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । यो अफर गत आइतबार देखि पौष ३ गतेसम्म लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्