सी.जी. ब्राण्डको फुटबल वल्र्डकप लक्षित क्यासब्याक योजना बजारमा « Arthapath.com
७ मंसिर २०७९, बुधबार

सी.जी. ब्राण्डको फुटबल वल्र्डकप लक्षित क्यासब्याक योजना बजारमा



काठमाडौं । सी.जी. ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना लिएर आएको छ ।

विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरुमा ५०,९०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट पूmटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

नेपालको आफ्नै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नेछन् । उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सी.जी. सँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ ५०,९०० रुपैयाँ सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टि.भी.हरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहज हुनेछ ।

यस ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै Android TV हरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् । हरेक सी.जी. टि.भी. हरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा 5G नेटवर्कको क्षमता लगायत Dolby Audio को उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टि.भी. हेराइको अनुभव प्रदान गर्नको लागिMotion Estimate and Motion Compensation (MEMC) फिचर पनि रहेको छ भने 2-Way Bluetooth फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्