स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पे बीच स्मार्ट क्यूआर सेवाको लागि सहमति « Arthapath.com
१६ असार २०८२, सोमबार

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पे बीच स्मार्ट क्यूआर सेवाको लागि सहमति



काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सहमति सम्पन्न भएको छ ।

हिजो आयोजित एक विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरी सहमति आदानप्रदान गरेका थिए ।
बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।


यस सहमति पछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने शुलभ पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।


प्रतिक्रिया दिनुहोस्